२१ जेष्ठ २०८१, सोमबार
Follow Us

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा विनोद न्यौपाने सर्वसम्मत

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार २१:५५

लण्डन । नेकपा एमालेको भातृसंस्था संगठन प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा विनोद न्यौपाने सर्वसम्मत भएका छन् ।

मंचको आइतवार एथ्रोपेनमा सम्पन्न सातौं अधिवेसनले उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । महाधिवेसनले उपाध्यक्षहरु रमेश पौडेल र मुना केसी, सचिबमा बुद्धि बराल, उपसचिबमा हरि सिंखडालाई निर्विरोध चयन गरेको छ ।

महाधिवेसनलाई मंचका अन्तराष्ट्रिय सचिव हेम शेर्पा, युरोप सचिव सालिक थपलिया, नेपाली दूतावास बेल्जियमको प्रतिनिधि, मुक्त गुरुङ, शिव बरुवाल, लगायत बेल्जियमस्थित वैचारिक, सामाजिक तथा जातिय संघसँस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिए ।